संताेष यादव - सिरहा । सिरहाको नवराजपुर गाउँपालिका वडा नं.४ नवराजपुर  गाउँमा बिजुली बत्ती सडकको पाेलमा बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । 


बिजुलीका कारण महिलालाई रातिको समयमा आवतजावत  गर्न सहज हुनाका साथै  पुरुषभन्दा बढी महिलाहरू खुसी देखिएका छन् । 


यसअघि गाउँ देखि चाैकसम्म क् राति अन्धकार छाउने गरेको र त्यसकै कारण सडक दुर्घटनादेखि चौपायासँग ठोक्किने घटना बढ्ने गरेको स्थानीयवासीले बताएका थिए । तर, सडकमा १२ वटा बत्ती बल्न थालेपछि यात्रुहरूलाई सहज र सुरक्षित महसुस भएको छ ।


स्थानीय युवा पशुपति यादव र रमेश यादवले 

भने, “यो कदम हाम्रो गाउँलाई आधुनिक र सुरक्षित बनाउनको लागि महत्वपूर्ण छ । जनताको सुरक्षित आवागमन नै हाम्रो प्राथमिकता हो ।


सडकमा उज्यालो फैलिँदा नवराजपुर गाउँ देखि  सनवर्षा चाैक सम्मको यात्रामा सहजता थपिएको मात्र नभई, रातिको गाउँ  पनि आकर्षक देखिन थालेको छ ।