मनु यादव निरज - सिरहा । सिरहाको नवराजपुर गाउँपालिका वडा नं.३ जगतपुर गाउँमा ब्रहम बाबा स्थानमा
स्मार्ट स्ट्रिट लाइट जडान भएपछि त्यहाँका बासिन्दामा खुसी छाएका छन् ।
शुभ दिपावली तथा निष्ठा र अवस्थाको महान अराध्यदेव सुर्य पुजन पर्व छठ पुजनको सुखद अवसरमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हाे ।
नेता राम सुरेश यादव नवराजपुर गाउँपालिका वडा नं.३ वडा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार समेत रहेको थियोे, यसअघि गाउँ धार्मिक स्थल ब्रहम बाबा थानमा राति समयमा अन्धकार छाउने गरेको थियो, तर त्यहाँका स्थानीयले नेता यादवलाई भनेपछि नेता यादवले ३ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको छ ।
नेता यादवले यस्तो भने, “यो कदम हाम्रो गाउँलाई आधुनिक र सुरक्षित बनाउनको लागि महत्वपूर्ण छ । जनताको सुरक्षित आवागमन नै हाम्रो प्राथमिकता हो ।


















