संताेष यादव - बिराटनगर । बसमा पानी परेको बेला यात्रुलाई सास्तीकाे सामना गर्नु परेको छ।
सिन्धुली देखि काकडभिट्टा सम्म जाने बसको अवस्था धेरै नै खराब रहेको छ,वर्षा हुने थालेपछि बसमा पानी चुईनेको कारणले यात्रुहरूलाई बसमा छाता ओडेर आफ्नो शरिरलाई भिझनबाट सुरक्षित राखेको छ।
मातरी भाग्य रेखा बस व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा भिझदै यात्राको सामना गर्नु परेको छ ।
मे १ ख २१९३ नम्बर गाडी बाट आज यात्रुहरूलाइ धेरै कठिनाइ भएको भन्दै बसमा जान समेत मुस्किल हुने गरेको यात्रु माेहम्द सदामले गुनासो गरे ।


















