रासिन्द्र यादव- सप्तरी। सप्तरीको खडक नगरपालिका वडा नम्बर –१ सिस्वा बेल्हीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।


सिस्वा बेल्ही साना किसान कृषि सहकारीले सदस्यहरूबीच निक्षेप संकलन, ऋण लगानी, असुली, सदस्यहरूलाई व्यवसायिक ज्ञान, रेमिटान्स सेवा, पशु बीमा लगायतका कार्यक्रम गरिरहेको छ । कार्यक्रम खडक नगरपालिकाको मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यता तथा उक्त सहकारीका अध्यक्ष विष्णुदेव मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा २१ जना बालबालिकाको लागि रु.३ सयका दरले १२ महिनाको एकमुष्ठ  रु.३६ सय हस्तान्तरण गरिएको थियो ।

 

कार्यक्रममा खडक नगरपालिका वडा नं.१ का वडा अध्यक्ष राजकुमार साह, २ का वडा अध्यक्ष हरेराम मण्डल, ८ का वडा अध्यक्ष बिन्दुलाल चौधरी, रामनगर साना किसान सहकारी संस्थाका अध्यक्ष रामचन्द्र यादव, छिन्नमस्ताका अध्यक्ष श्याम नारायण यादव, प्रहरी चौकी सिस्वा बेल्हिका इन्चार्ज फुलगेन मण्डल लगायत जिल्लाका विभिन्न सहकारी संस्थाका प्रमुखहरु, अध्यक्षहरु, सुरक्षाकर्मी, बुद्धिजीवी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।