मनु यादव निरज : जनकपुरधाम।

जनकपुरधाममा आयोजित भव्य जनसभा तथा स्वागत कार्यक्रममा जनकपुरधाम–१३ का युवा नेता श्यामसुन्दर साह सहित ११२ जना औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

कार्यक्रममा उपस्थित पाटी अध्यक्षले उनीहरूलाई माला, अविर र सम्मान–खादा लगाउँदै स्वागत गरेका थिए। यस अवसरमा अध्यक्षसँगै अन्य नेताहरूको उपस्थितिमा प्रवेश कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको देखिन्थ्यो। कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता तथा स्थानीय नागरिकको सहभागिता रह्यो।

सभा स्थल मानिसको भीडले खचाखच भरिएको देखिन्थ्यो, जसले जनकपुरमा कम्युनिस्ट पाटीप्रति जनसमर्थन अझै बलियो रूपमा फैलिरहेको संकेत गरेको छ। नवप्रवेशीहरूलाई पार्टीले विभिन्न तहमा जिम्मेवारीसहित संगठित रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

1765023503207

यस प्रवेशसँगै जनकपुरधाम क्षेत्रमा पार्टीको संगठनात्मक बल विस्तार हुने तथा स्थानीय राजनीतिक परिवेशमा यसको प्रभावदेखिने अपेक्षा गरिएको छ।