झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता र झापा–५ का उम्मेदवार बालेन्द्र ‘बालेन’ शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ । कमल गाउँपालिका–२ अन्तर्गतको सम्पर्क कार्यालयमा बुधबार राति तोडफोड भएको हो।

रास्वपा जिल्ला सभापति प्रकाश पाठकले केन्द्रविन्दुलाई भने, “कमल गाउँपालिका–२ मा रहेको हाम्रो सम्पर्क कार्यालय तोडफोड भएको छ। झ्यालका सिसा फुटेका छन्, तर अन्य किसिमको क्षति भएको छैन। कार्यालयका अन्य सामान सुरक्षित छन्।”

जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे जानकारी प्राप्त भएको र थप बुझ्ने कार्य भइरहेको जनाएको छ।