कुलानन्द यादव/सिरहा/ फाल्गुण २३-

सप्तरी क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी भएका छन्। उनले कुल ३६,४१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३,१०३ मत प्राप्त गरेका छन्। त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार बबी सिंहले १०,२८० मत पाएकी छन्।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीकी रुबीकुमारी कर्णले १,७०९ मत प्राप्त गरिन् भने नेकपा एमालेका गंगाप्रसाद चौधरीले १,२७७ मत प्राप्त गरेका छन्।

यस परिणामसँगै सप्तरी- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले महत्वपूर्ण जित हासिल गरेको छ। निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेसँगै विजयी उम्मेदवार सीताराम साहलाई समर्थकहरूले बधाई तथा शुभकामना दिइरहेका छन्।