उमेश कुमार साह : सप्तरी । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बोदे बर्साईन शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाले ‘ग्लोबल मनि विक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम अन्तरगत बोदे बर्साईन स्थित विभिन्न बिधालयमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरि वित्तीय ज्ञान प्रदान गर्ने कार्य सहित उल्लेखनीय प्रस्तुति पेश गरि सम्पन्न गरेको हो ।
यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास सिटिजन्स बैंक बोदे बर्साईन शाखाका प्रमुख राम कुमार साहले बताए ।


















