सिरहा — सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण मुख्यालय सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइएका करिब रु. १८ लाख १९ हजार ७३८ बराबरका विभिन्न सामान बरामद गरेको छ।
गण मुख्यालयका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापा का अनुसार साउन ८ गते सञ्चालन गरिएको नियमित सुरक्षा गस्तीका क्रममा मोटरसाइकल, मदिरा, कपडा, किराना सामग्री, कस्मेटिक सामान तथा एशियन पेन्ट्सलगायतका सामान बरामद गरिएको हो।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको एसपी थापा मगरले जानकारी दिए।
सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।




















