सिरहा — सिरहाको गोलबजारमा बिहीबार कर्फ्यु आदेश जारी रहेका बेला भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।
सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा भइरहेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप बढ्दै गएपछि अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको र सोही क्रममा एक युवकको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि गोलबजार क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। मृतकको परिचय तथा घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा पछिल्ला दिनहरूमा देशका विभिन्न जिल्लामा प्रदर्शन भइरहेका छन्।


















