राजविराज, । मधेश प्रदेशमा पछिल्ला चार दिनयता तापक्रम बढेपछि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ। सप्तरीसहित आठवटै जिल्लामा चर्को घाम र तातो हावाका कारण किसान, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरू बढी प्रभावित भएका छन्।
स्वास्थ्यकर्मीका अनुसार गर्मीका कारण शरीर गल्ने, टाउको दुख्ने, चक्कर लाग्ने र पानीको कमी हुने समस्या देखिन थालेको छ। बालबालिका, ज्येष्ठ नागरिक र घाममा काम गर्ने मजदुर बढी जोखिममा रहेका छन्।
विज्ञहरूले तापक्रम वृद्धि, अनियमित वर्षा र अत्यधिक गर्मी जलवायु परिवर्तनका संकेत भएको बताएका छन्। गर्मीबाट जोगिन प्रशस्त पानी पिउने, घामबाट बच्ने र आवश्यक पर्दा आराम गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।



















