भवन बनाउन दूतावासले चार करोड ९९ लाख ९८ हजार ६४० प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताए । ‘दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौ’, उनले भने, ‘उदयदेवको भवन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको छ ।’ विद्यालय भवन निर्माणको दश प्रतिशत लागत पालिको बेहोर्ने उनले बताए ।