मनिष यादव - सिराहा, । जम्मू-कश्मीरमा भएको आतङ्ककारी आक्रमणमा मारिएका निर्दोष हिन्दू नागरिकहरूको स्मृतिमा आज सिरहामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। सिराहा हिन्दू समाजको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला भरिका विभिन्न क्षेत्रका युवा, समाजसेवी, बुद्धिजीवी, व्यापारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


मंगलबार जम्मू-कश्मीरमा भएको आतङ्ककारी आक्रमणमा नेपालका दुई नागरिकले र भारतको २७ जनाले ज्यान गुमाएका थिए। सो घटनाको कडा निन्दा गर्दै आयोजित कार्यक्रममा सहभागीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरे।

1745465010995

कार्यक्रममा सहभागी युवाहरूमा धर्मेन्द्र यादव, अरविन्द यादव, सुशील यादव, मनिष यादव, आसितोष मिश्र, नीतीश यादव, शम्भु साह, सुधीर यादव, शिवशंकर यादव, अजित, विकी यादव, विकास साह, रवि राय लगायत अन्यको उपस्थिति रहेको थियो।


कार्यक्रममा युवा अभियन्ता मनिष यादवले आतङ्कवादविरुद्ध एकजुट हुन सम्पूर्ण नेपाली र भारतीय जनसमुदायलाई आग्रह गरे। उनले भने, "हिन्दू भएको कारण निर्दोष मानिसहरूलाई ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै पीडादायक छ। यस्तो क्रूर घटनामा संलग्न सबैलाई कडा कारबाही गर्नुपर्छ।"

1745465024775

त्यस्तै, बजरंग दल सिरहाका अध्यक्ष धर्मेन्द्र यादवले घटनाको कडा शब्दमा विरोध जनाउँदै यस्तो नरसंहारका लागि जिम्मेवार आतङ्कवादी समूहहरूलाई कडा कारबाहीको माग गरे। उनले सरकारसँग अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक दबाब सिर्जना गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न आग्रह गरे।


शान्तिपूर्ण तर भावुक वातावरणमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा सहभागी सबैले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै आतङ्कवादविरुद्ध सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।