कुलानन्द यादब/सिरहा, असोज । हिन्दू धर्मावलम्बीहरूको महान चाड दशैँ–तिहारको अवसरमा भगवानपुर युवा शक्ति परिवारले प्रशाद वितरण कार्यक्रम आयोजना गर्ने भएको छ।


कार्यक्रम अन्तर्गत :

(१)सप्तमीको दिन इनर्वास्थित दुर्गा भवानी मन्दिरमा

(२)अष्टमीको दिन भगवानपुरस्थित दुर्गा भवानी मन्दिरमा

प्रशाद वितरण गरिनेछ।


युवा शक्ति परिवारले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोगसहित सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ।


युवा शक्ति परिवारका अनुसार कार्यक्रममा संलग्न हुने सबै सहयोगीहरूको विवरण पारदर्शी ढंगले सार्वजनिक गरिनेछ। यसका लागि परिवारले उपलब्ध गराएको QR Scanner सचिबको नाममा दर्ता गरिएको छ, जसबाट सहयोग विवरण खुला गर्ने व्यवस्था मिलाइएको छ।


संस्थाले यस कार्यक्रमलाई धार्मिक आस्था, सामाजिक एकता र आपसी भाईचारा मजबुत बनाउन महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।


???? जय माता दी ????