चितवन । पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा चितवनमा स्कुटर चालकको मृत्यु भएको छ । 


बिहीबार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले ठक्कर दिँदा स्कुटर चाककको मृत्यु भएको हो ।


मृत्यु हुनेमा गोरखाको साविक छोप्राक गाउँ विकास समिति वडा नम्बर २ बस्ने ४० वर्षीय दामोदर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । घिमिरेको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस