सिरहा । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थरु आदिवासी तथा अल्पसंख्यक समुदायहरूको परिसंघ (DOTIM) को जिल्ला भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सिरहाको गोलबजारमा सम्पन्न भएको छ।

कार्यक्रम DOTIM जिल्ला अध्यक्ष चन्देश्वर पासवानको अध्यक्षतामा तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवज्यूको प्रमुख आतिथ्यमा गोलबजार व्यापार संघको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले दलित, आदिवासी, थरु तथा अल्पसंख्यक समुदायका अधिकार सुनिश्चित गर्न संगठनलाई थप सशक्त र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रको स्थापनाका लागि जसपा नेपाल निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।
उक्त कार्यक्रममा पार्टीका जिल्ला तथा प्रदेशस्तरीय नेता–कार्यकर्ता, विभिन्न समुदायका अगुवा तथा सर्वसाधारणको व्यापक उपस्थिति रहेको थियो।


















