कुलानन्द यादव/पौष १०सिराहा। सिराहाको गम्हरिया चोकमा आज भयानक सवारी दुर्घटना भएको छ। पछिमबाट आइरहेको बोलेरो गाडी र विपरीत दिशाबाट आइरहेको डिस्कभर (Discover) मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा संलग्न बोलेरो गाडीको नम्बर प्रदेश २–०१–००१ च ०२१५ रहेको छ भने मोटरसाइकलको नम्बर स ९ प ६१०९ रहेको जनाइएको छ। बोलेरो पछिम दिशाबाट आउँदै गरेको र मोटरसाइकल उत्तर दिशाबाट आउँदै गरेको अवस्थामा गम्हरिया चोकमा ठक्कर भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
दुर्घटनामा मोटरसाइकलमा सवार एक जना व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ। घाइतेको अवस्था र पहिचानबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

IMG_20251225_125631