मनु यादव निरज : सिरहा । सिरहा क्षेत्र नं. २(क) बाट निर्वाचित मधेस प्रदेश सभा सदस्य, जनमत पार्टीका सचिव तथा पूर्वमन्त्री माननीय संजय यादवले विभिन्न स्थानमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छन्।


प्रदेश सभा सदस्य यादवले दरहिया, बरियारपट्टी र श्रीपुर बलुवा लगायतका गाउँहरूमा स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूको दैनिक समस्या, आवश्यकता र विकाससम्बन्धी गुनासो सुनेका हुन्। भेटघाटका क्रममा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका विषयमा स्थानीयले आफ्ना मागहरू राखेका थिए।

 यादवले जनता नै सर्वशक्तिमान भएको उल्लेख गर्दै जनताको सेवाभन्दा ठूलो राजनीति अरू केही नभएको बताए। उनले जनताको विश्वास र साथकै कारण आफू जनप्रतिनिधि बनेको भन्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर मैदानमै रहने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले पनि जनप्रतिनिधि आफैं गाउँ–टोलमा आएर समस्या सुनेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

1766680028477