सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले राहदानी (पासपोर्ट) वितरणलाई सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अब सेवाग्राहीले राहदानी घरमै प्राप्त गर्न सक्नेछन्।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार प्रशासनिक सुधार कार्यक्रम अन्तर्गत चैत २३ गतेदेखि सरकारी कुरियरमार्फत पासपोर्ट घर–घरमा पठाउन थालिएको हो।

यसअघि सेवाग्राहीले पासपोर्ट लिन कार्यालयमै जानुपर्ने बाध्यता थियो। नयाँ प्रणालीले समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।